लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
प्रकाशित मिति
२०८१ मंसिर २१ गते, शुक्रबार ०२:५६

मंसिर २१, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि १ सय ७१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रनको कप्तानी इनिङ्सको मद्दतमा उच्च स्कोर बनाएको हो। उनी जारी एनपिएलमा सर्वाधिक उच्च व्यक्तिगत स्कोर गर्ने खेलाडीसमेत बने । यसअघि एनपिएलमा सर्वाधिक उच्च स्कोर जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाको नाममा रहेको थियो। उनले विराटनगरविरुद्ध ७५ रन बनाएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनायो। लुम्बिनीका लागि कप्तान पौडेलले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ९५ रन बनाएर अन्तिम बलमा रनआउट भएका थिए। उनलाई टोम मोर्सले ४५ रन बनाएर साथ दिए। उनी पनि रनआउट भएका थिए । मूर्सले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए। मोर्स र रोहितबीच चौंथो विकेटका लागि १ सय १० रनको सानदार साझेदारी भएको थियो ।
त्यसअघि लुम्बिनीका ओपनर आसुतोष घिरैया र उनमुक्त चन्द शुन्य रनमै पेभिलियन फर्किँदा सन्दीप जोरा १८ रनमा आउट भएका थिए। पोखराका लागि विपिन्न खत्रीले २ विकेट लिँदा म्याट क्रिश्चलीले १ विकेट लिएका छन् ।
प्रतिकृया