• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट नेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालय अनुगमन

प्रकाशित मिति

२०८१ मंसिर २१ गते, शुक्रबार ०४:०१

मंसिर २१, २०८१ काठमाडौँ: मिति २०८१ मंसिर २० गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा निरिक्षण तथा अनुगमन गर्नुभयो । उक्त अवसरमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेयज्यू, नेपाल सरकारका सहसचिवज्युहरु तथा संचालक समिति सदस्यज्यूहरुकोे समेत उपस्थिती रहेको थियो भने निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले निगममा स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा निगमका कार्यकारी अध्यक्ष लगायत नायव महाप्रबन्धक (प्रा.), निगमका सम्पूर्ण विभागीय प्रमुखहरु र निगममा क्रियाशिल चार वटै टे«ड युनियनका अध्यक्षहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Kamana Sewa

सो अवसरमा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भयो । त्यसैगरी मन्त्रालयको निर्देशानुसार निगमले सातै प्रदेशसंग सहकार्य गरी दुर्गम क्षेत्रमा चल्ने साना जहाज खरिद गर्ने योजना अनुसार कार्य भइरहेको, सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको महंगोे व्याजदरको ऋण घटाई आर्थिक व्यवस्थापन गर्न soft loan लिने सम्बन्धमा कार्य भइरहेको र निगमले नै In-flight Kitchen संचालन गर्ने योजना अनुरुप कार्य भइरहेकोबारे प्रष्ट पार्नुभयो ।

Classic Tech Desktop

त्यसैगरी निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरुमा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्ने तर्फ पहल गरिदिनुहुन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिनुहुन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन सहयोगको लागि मन्त्रालय समक्ष आग्रह

गर्दै ९० को दशकमा निगमको स्वर्णकाल रहेको स्मरण गर्दै निगम व्यवसायिक संस्था भएकोले राजनीतिक हस्तक्षेप रोकी समन्वयात्मक भूमिका खेलिदिनु हुन समेत अनुरोध गर्नुभयो ।

उक्त अवसरमा माननीय मन्त्रीज्यूले आफुले निरन्तर निगमको वारेमा गम्भीरतापुर्वक जानकारी लिइरहेको र निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यहरुमा ढिला सुस्ती नगर्न र कसैको कारणबाट निगमलाई हानी नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहने तर्फ सचेत गराउँदै प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिंदै निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ्ग कहिं कसैले नखोस्ने विश्वास समेत दिलाउनुभयो । माननीय मन्त्रीज्यूले सवैले निगमबाट सेवा सुविधा लिंदा आफुले के थप योगदान गर्न सक्छु भन्ने भावना राखि एक साथ इमान्दारीतापूर्वक काम गरे मात्र निगमले प्रगति गर्न सक्ने र समग्र पर्यटन क्षेत्रकै विकास हुने विश्वास व्यक्त गर्दै मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुमा सधैं सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

उक्त अवसरमा निगममा क्रियाशिल चार वटै टे«ड युनियनका अध्यक्षज्यूहरुले आफ्ना भनाइहरु राख्नुभएको थियो भने निगमको कामकारवाही, उपलब्धि, विभागीय कार्यविवरण तथा प्रगति सम्बन्धमा मानव संशाधन विभागका निर्देशक श्री अशोक सिग्देलज्यूले प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिकृया