• २१ भदौ २०८३, आइतबार
  • १२ः२५ दिउँसो

जुम्लाको पातारासीमा टेलिकमको २जी र ४जी सेवा

प्रकाशित मिति

२०८१ मंसिर १८ गते, मंगलवार ०९:३६

मंसिर १८, २०८१ काठमाडौँ: नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ।

National Life

पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी मंसिर १६ गतेदेखि २जी/४जी मोबाइल सेवा सञ्चालन गरिएको हो।

जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरू पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्।

Classic Tech Desktop

दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ।

यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरू तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ।

प्रतिकृया