• २२ भदौ २०८३, सोमबार
  • १०ः५४ राती

मूल्य बढेर अमेरिकी डलर बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

प्रकाशित मिति

२०८१ मंसिर १८ गते, मंगलवार ०९:१२

मंसिर १८, २०८१ काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी पाउन्ड, दिनारसहितका विदेशी मुद्राहरुको पनि आज मूल्य बढेको छ। युरोको मूल्य भने आज घटेको छ।

National Life

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि गएको मंसिर सात गते अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा पुगेको थियो। त्यसयता अमेरिकी डलरको मूल्य घटेको थियो।

Classic Tech Desktop

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा थियो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ६९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८३ र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा छ। हिजो पनि अस्ट्रेलियन डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ र बिक्रीदर चार सय ४१ रुपैयाँ ९५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ६५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ २४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा थियो।

प्रतिकृया