• ६ असोज २०८३, मंगलबार
  • ८ः०१ राती

भक्तपुरमा सवारी दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

प्रकाशित मिति

२०८१ मंसिर १३ गते, बिहीबार ११:१४

मंसिर १३, २०८१ भक्तपुर : मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

National Life

गठ्ठाघरचोकबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन्भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया