• ६ असोज २०८३, मंगलबार
  • ७ः२४ बेलुका

स्थानीय तह उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु

प्रकाशित मिति

२०८१ मंसिर १३ गते, बिहीबार १०:२२

मंसिर १३, २०८१ काठमाडौँ: आगामी आइतबार हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने भएको छ ।

National Life

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन मतदानको ४८ घण्टा अघिदेखि नै मौन अवधि लागू गर्दै आएको छ। निर्वाचनका लागि आज राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा उम्मेदवार वा अरु कसैले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने कानुनी व्यवस्था छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया