• ७ असोज २०८३, बुधबार
  • ५ः१६ बेलुका

सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस र विशेष योजना ल्याउनुपर्छ : अध्यक्ष डा बद्री केसी

प्रकाशित मिति

२०८१ मंसिर ११ गते, मंगलवार ०३:२१

मंसिर ११, २०८१ काठमाडौँ: गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा कोषले

National Life

सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम शुभकामना मन्तव्य राख्दै अध्यक्ष डा केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरुलाई यस कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । एउटा पनि काम भएको छैन । यो विदेशमा जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाको रुपमा मात्रै सञ्चालन भइरहेको छ त्यसैले त ५० लाख बढी ब्राह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै यस कोषमा आबद्ध भएका छन् र अझ दुखको कुरा जति नेपालबाट जाँदा आबद्ध भएका थिए ति सबैले कोषमा निरन्तर योगदान गरेका छैनन् रिन्यू गर्नेको संख्या निकै कम छ । कोष स्थापना गर्नु ठूलो कुरा होइन यस्ता कोषको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । श्रमिकलाई यसका फाइदाबारे बुझाउन जरुरी छ ।’

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने मात्रै नभई कोषमा निरन्तर रुपमा टिकाइराख्न सरकारले विशेष योजना बनाउनुपर्नेमा अध्यक्ष डा केसीले जोड दिनुभयो । उहाँले कोषमा जम्मा भएको रकम नेपालको विकासका लागि लगानी गर्न सक्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उहाँले श्रमिकलाई नबुझाई यस कोषमा आबद्धता बढाउन नसकिने धारणा व्यक्त गर्नुभयो ।अन्त्यमा, उहाँले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा वैदेशिक रोजगारमा रहनु भएका सम्पूर्ण श्रमजीवीहरुलाई शुभकामना सहित यस अभियानमा आबद्ध भई आफ्नो भविष्य सुरक्षित राख्नको लागि अनुरोध गर्नुभयो ।

प्रतिकृया