दक्षिण अफ्रिकाविरुद्ध तिलक र सन्जुको शतक, भारतले जित्यो टी-२० सिरिज
प्रकाशित मिति
२०८१ मंसिर १ गते, शनिबार ०८:०६
मंसिर १, २०८१ काठमाडौँ: भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज ३-१ ले जितेको छ ।
गएराती सम्पन्न सिरिजको चौथो तथा अन्तिम खेल भारतले १३५ रनले जितेर सिरिज ३-१ ले जितेको हो ।
भारतले दिएको २८४ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १८.२ ओभरमा अल आउट हुदै १४८ रन मात्र बनाएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा एक विकेट गुमाएर २८३ रन बनाएको थियो ।
तिलक बर्माले लगातार दोस्रो शतक लगाउदै १२० रन बनाएका थिए भने सन्जु सामसनले पनि सिरिजमा दोस्रो शतक बनाउदै १०९ रन बनाएका थिए ।
भारतका लागि तिलक बर्मा र सन्जु सामसनले शतकीय पारी खेलेका थिए भने कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए । यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि अहिलेसम्मको सबैभन्दा ठुलो साझेदारी हो । यस सिरिजको प्लेयर अफ द सिरिज तिलक बर्मा बनेका थिए ।
Related
Recent News
- भोटेकोशी–त्रिशूली बाढीले पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति
- साउनमा बीमा कम्पनीले भित्र्याए ३२ अर्बभन्दा बढीको व्यवसाय
- अमेरिका जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा पुरानो बिदाइ परम्परा तोडिँदै
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
- आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
- नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया