• ६ असोज २०८३, मंगलबार
  • १२ः१९ दिउँसो

दक्षिण अफ्रिकाविरुद्ध तिलक बर्माको शतक, भारत विजयी

प्रकाशित मिति

२०८१ कार्तिक २९ गते, बिहीबार ०८:२७

कार्तिक २९ , २०८१ काठमाडौँ: भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले ११ रनको जित हासिल गरेको हो ।

National Life

भारतले दिएको २२० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि मारको जानसेनले सर्बाधिक ५४ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनाएको थियो । भारतका लागि तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए भने अभिषेक शर्माले ५० रन बनाएका थिए ।

यो जितपछि भारतले ४ खेलको सिरिजमा २-१ को अग्रता हासिल गरेको छ । अब सिरिजको चौथो तथा अन्तिम खेल शुक्रबार हुने तालिका रहेको छ ।

प्रतिकृया