• २ असोज २०८३, शुक्रबार
  • ७ः२३ बेलुका

भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छौँ : प्रधानमन्त्री

प्रकाशित मिति

२०८१ कार्तिक ७ गते, बुधबार ०३:२४

कार्तिक ७ , २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गरेका छन् ।

National Life

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उनले यस अवधिमा भएका प्रमुख कार्य अहिले सार्वजनिक गरिरहेका छन् ।

त्यसक्रममा उनले प्राकृतिक विपत्तिका बीचमा पनि वर्तमान सरकारले सुशासन, विकास र आर्थिक समृद्धि तथा भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व सम्हाले यता सिमलताल बस दुर्घटना, सौर्य एयरलाइन्स दुर्घटना, हेलिकोप्टर लगायत सात हजार घटना भएको बताए ।

बाढीपहिरो डुबानलगायतका घटना भएको र ठूलो धनजनको क्षति भएको भन्दै त्यसपछि सरकारले राहत, उद्धारका कामलाई प्राथमिकता राखेको दाबी गरेका छन् ।

गत असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

प्रतिकृया