शिथिल अर्थतन्त्रलाई गतिशिल बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको छ : अर्थमन्त्री पौडेल
प्रकाशित मिति
२०८१ श्रावण ८ गते, मंगलवार ०४:५०
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको अन्तक्र्रियाका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्थामा रहेकाले त्यसलाई उकास्नु र अर्थतन्त्रलाई गतिशील बनाउनु सरकारको मूल ध्येय रहेको उनले स्पष्ट पारे ।

‘अहिले माग घटेको अवस्था छ, माग नबढ्दा निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन,’ उनले भने, ‘विगतमा अनुकूल अवस्थामा उद्योगी व्यवसायीले लगानी बढाए, उनीहरुको एक खालको प्रक्षेपण थियो, नाफा कमाउँछु, कर तिर्छु भनेर अगाडि बढे तर लगातार माग घट्दा साँवाब्याजसमेत तिर्न नसक्ने जोखिम भयो ।’

व्यापार व्यवसाय खस्किएर लामो समयदेखि समस्यामा परेका उद्योगी व्यवसायीको मनोबल उकास्ने गरी सरकार आफ्ना गतिविधि अघि बढाउने मन्त्री पौडेलले बताए । उनले लघुवित्त र सहकारीमा गम्भीर समस्या देखिएकाले त्यसलाई निराकरण र व्यवस्थापन पनि जरुरी रहेको उनले औंल्याए ।




प्रतिकृया