• २ असोज २०८३, शुक्रबार
  • ७ः२२ बेलुका

भव्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१” को आयोजना हुने

प्रकाशित मिति

२०८१ असार २३ गते, आईतवार १२:४२

असार २३, २०८१ काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा प्रथम पटक भव्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१”को आयोजना गरिने भएको छ ।

National Life

प्रथम नागरिक कुलपति कविवर स्व. केदार मान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्र मान व्यथितले जानकारी दिए ।

कार्यक्रम साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजना पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न विधाका स्रष्टा एवं साधक प्रतियोगी रहने महोत्सवको आयोजनाले जनाएको छ ।

कविता महोत्सवको संयोजक अनन्त कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्राध्यापक, विद्यार्थी एवं शैक्षिक संस्थाहरुको समन्वय गर्ने गरी शैक्षिक संस्थाको संयोजकको रुपमा काजीमान हरिटिका माध्यमिक विद्यालय र विद्यालयका प्राचार्य ऋषिराम शर्मा समन्वय प्रमुख रहेको कार्यक्रममा मिडिया संयोजकको रुपमा एक बहादुर गोदार (रमेश) र प्रचार संयोजकको रुपमा मोती प्रसाद मरासिनी रहेका छन् ।

कविता महोत्सवमा प्रथम पुरस्कार १५ हजार ५५५, दोस्रो पुरस्कार ११ हजार १११ र , तृतीय पुरस्कार ७ हजार ७७७ रहेको छ । प्रतियोगितामा सहभागी हुन कविता २०८१ श्रावण १५ गते बेलुकी ५ बजे भित्र [email protected] फण्टमा टाइप गरी पठाइसक्नु पर्नेछ ।

कविताको अन्तिम छनौट सूची २०८१ श्रावण २० मा सार्वजनिक गरिने छ । उक्त अन्तिम छनौटमा उत्कृष्ट २० कविताको छनौट हुनेछ ।

प्रतिकृया