• १५ असार २०८३, सोमबार
  • ८:२८ बिहान

नेपाली रक्तदाता संघ यूएईद्वारा बृहत रक्तदान कार्यक्रम सफलतका साथ सम्पन्न

प्रकाशित मिति

२०८१ असार ६ गते, बिहीबार ०४:४२

असार ६, २०८१ काठमाडौँ: अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले बृहत रक्तदान कार्यक्रम सफलतका साथ सम्पन्न गरेकाे छ । १७ जुन २०२४ सोमबारको दिन दुबई हेल्थ अथोरोटीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter, Al Jaddaf मा आयाेजना गरिएको बृहत रक्तदान कार्यक्रममा १३८ जनाले रक्तदान गरेको र यस रक्तदान कार्यक्रममा युएईमा रहेको धेरै संस्थाका आदरणीय व्यक्तित्व ज्यूहरु उपस्थित भएको र नुवाकोट सेवा समाज युएईले पनि आफ्नो बाग्लो उपस्थित गरी उक्त कार्यक्रम सफल पार्न हद भूमिका निर्वाह गरी कार्यक्रमलाई निरन्तरता दिई सफतापूर्वक सम्पन्न गरिएको जानकारी नुवाकोट सेवा समाज, युएईका अध्यक्ष तथा नेपाली रक्तदाता संघ यूएई का सलाहकार श्री नविन आर कार्की निरवले बताए ।

Kamana Sewa

युएईको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका नुवाकोट सेवा समाज युएईका महासचिव जगन अधिकारीद्वारा समन्वय गरिएको उक्त बृहत रक्तदान कार्यक्रममा नेपाली राजदुतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदी, दुतावासका कार्यालय सहयोगी हरेराम आचार्य, विभिन्न पेसामा कार्यरत नेपाली समुदाएका ब्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका कार्यसमिति सदस्यहरु, सल्लाहकार तथा संरक्षकहरु, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरका सामाजिक संस्था एवमं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।

Classic Tech Desktop

कार्यक्रमका संयोजक समेत रहेका अधिकारीले कार्यब्यस्तताको बाबजुत पनि समय निकालेर उत्साहजनक उपस्थिती जनाएर रक्तदान कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरु प्रती धन्यबाद ब्यक्त गरेका छन् । उनले भने ‘अहिलेको यो उपस्थितिले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्न हौसला प्रदान गरेको छ ।’

रक्तदान गर्दै नेपाली राजदुतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदीले नेपाली समुदायद्वारा आयोजना गरिएको अन्य कार्यक्रम भन्दा फरक किसिमको यो रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न पाउदा अत्यन्तै खुशी भएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुका लागि आवश्य सहयोग र समन्वय गर्नका निम्ती दुतावास सदैव तयार रहेको बताए ।

संघका अध्यक्ष बासुदेव ढुङ्गानाले रक्तदान मानव जीवनको अत्यन्तै पुण्य काम रहेको बताए । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनि रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष ढुंगानाले बताए ।

यो बर्ष देखि यूएईमा बसोबास गर्ने नेपालीहरुमा नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा थप वृद्धि गर्ने र यो कार्यक्रम यूएईको पहिलो कार्यक्रम भएको दोलखाली सेवा समाज युएईका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्य समिति सदस्य सुनील श्रेष्ठले बताए।

स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो भने नेपालमा वि.स २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ ।

समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । डा. कार्ल ल्याण्डस्टिनरको जन्म दिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ । सोही अनुरूप जून १७ मा यूएईमा सम्पन्न रक्तदान कार्यक्रममा कूल १३८ जना रक्तदाताले रक्तदान गरेका थिए।

प्रतिकृया