• २ असार २०८१, शनिबार
  • 1:58 am

ओमान र नामिबियाबीचकाे खेल जारी, दोस्रो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाको चुनौती

प्रकाशित मिति

२१ जेष्ठ २०८१, सोमबार ०७:५३

जेठ २१, २०८१ काठमाडौँ: आईसीसी ट्वान्टी २० विश्वकपको दोस्रो दिन आज दुई खेल हुँदैछन् ।

प्रतियोगितामा आज (सोमबार)को पहिलो खेलमा बिहान समूह ‘बी’का दुई एसोसियट राष्ट्र ओमान र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु भएको खेलमा ओमान टस हारेर ब्याटिङ गरिरहेको छ ।

जारी खेलको पहिलो ओभर समाप्त हुँदा ओमानले दुई विकेट गुमाएर तीन रन बनाएको छ । ओमानले इनिङको पहिलो दुई बलमा दुई ब्याटरलाई गुमाएको हो ।

आजै हुने दोस्रो खेलमा समूह ‘डी’ का श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

प्रतिकृया