• ४ साउन २०८३, सोमबार
  • ९:३५ बेलुका

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन

प्रकाशित मिति

२०८१ जेष्ठ १८ गते, शुक्रबार १०:४२

जेठ १८, २०८१ काठमाडौँ: एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो । एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ आज बिहिबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

Kamana Sewa

सेन्टर उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, “नारायणघाटमा खोलिएको नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौं । ‘हामी तपाईंकै लागि’ अर्थात नेपाल र नेपालीका लागि हौं र यही थिममा आधारित भई ग्राहक सेवाका लागि स्थानिय स्तरमा नै उपस्थिती जनाई ग्राहकहरुलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउनु हाम्रो उदेश्य रहेको छ ।”

Classic Tech Desktop

उक्त अवसरमा कम्पनीको ‘सधैं अन’ योजनाका बारेमा बोल्दै उनले यो यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिए पश्चात मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको बताए । “यसले प्रयोगकर्ताहरूलाई आफ्नो मेन ब्यालेन्स काटिने डर नराखी आफ्नो डेटा सधैं अन राख्न मद्दत गर्दछ किनकि आजको डिजिटल युगमा धेरै कार्यहरू अनलाइनमार्फत नै गरिने हुनाले उनीहरू सधैं अनलाइन रहनु पर्दछ,” उनले भने ।

आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढि एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

प्रतिकृया