• ६ असोज २०८३, मंगलबार
  • ४ः०० बेलुका

नेपाललाई वेस्टइन्डिज ‘ए’ को १ सय ६१ रनको लक्ष्य

प्रकाशित मिति

२०८१ बैशाख १६ गते, आईतवार ०२:३८

वैशाख १६, २०८१ काठमाडौँ: दोस्रो टी–२० खेलमा वेस्टइन्डिज ‘ए’ ले जितका लागि नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो ।

National Life

वेस्टइन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ४३, गुडाकेस मोतीले ३३, रोस्टन चेजले २३ रन बनाए । नेपालका लागि सागर ढकालले २, कुशल भुर्तेलले २, सोमपाल कामीले १ र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ ।

नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।

वेस्टइन्डिज ‘ए’ सँगको शनिबारको पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

दुई टोलीबीच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

प्रतिकृया