• 6:08 pm

बझाङमा एमालेको सुरुवाती अग्रता, पछ्याउँदै कांग्रेस

प्रकाशित मिति

२०८१ बैशाख १६ गते, आईतवार ०३:३५

वैशाख १६, २०८१ काठमाडौँ: बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फ उपचुनाव अन्तर्गत नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ४०३ मत गणना हुँदा एमालेका दमनबहादुर भण्डारीले १५७ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३१ मत ल्याएका छन्।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत ल्याउँदा माओवादीका जनकबहादुर बुढा ४७ मतका साथ पछ्याइरहेका छन् ।

अहिले छबिसपाथीभेरा गाउँपालिकाको मत गणना भइरहेको छ ।

प्रतिकृया