• 6:46 pm

२८ सहसचिव सरुवा (सूचि सहित)

प्रकाशित मिति

२०८१ बैशाख १४ गते, शुक्रबार ०१:२९

वैशाख १४, २०८१ काठमाडौँ: एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सहसचिव देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । त्यहाँका सहसचिव लिला प्रसाद शर्मा रक्षा मन्त्रालयमा आएका छन् ।

यो सरुवामा भरतपुर र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको सरुवा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरिएको छ ।

sahashachib

प्रतिकृया