• 4:55 am

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

प्रकाशित मिति

२०८१ बैशाख १४ गते, शुक्रबार ०१:१३

वैशाख १४, २०८१ काठमाडौँ: कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।

सरकारी सेवामा लगातार ९० दिनभन्दा बढी अनुपस्थित भएमा निजामती सेवा ऐन अनुसार भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको छ ।

प्रतिकृया