गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा
प्रकाशित मिति
२०८१ बैशाख १४ गते, शुक्रबार ०२:१३
वैशाख १४, २०८१ काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् ।
उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् । प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया