• 9:26 am

नेपालको खराब सुरुवात, १५ रन जोड्दा तीन विकेट गुमायो

प्रकाशित मिति

२०८१ बैशाख ५ गते, बुधबार ०३:३१

वैशाख ५, २०८१ काठमाडौँ: एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । अल अमिरात क्रिकेट मैदनमा जारी खेलमा नेपालका कुशल मल्ल २ रनमा आउट भएका हुन् ।

उनलाई साउदी अरेबियाका इस्तियाक अहमदले आउट गरेका हुन्। यो उनको दोस्रो विकेट हो । यसअघि आसिफ शेख २ रनमा आउट हुँदा कुशल भूर्तेल शून्यमा आउट भए ।

साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। २.२ ओभरमा ३ विकेट गुमाएर नेपालले मात्र १५ रन बनाएको छ ।

प्रतिकृया