• ५ साउन २०८३, मंगलबार
  • १०:२३ बेलुका

आज उपत्यका सहित पाँच प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार ११:०२

चैत्र १६, २०८० काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिक देखि साधारण बदली रही बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ । आज उपत्यकासहित देशभरको मौसम आंशिक बदली रहने छ ।

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।

Kamana Sewa

आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

आज राती देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। साथै, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिकृया