• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:11 am

आजको विदेशी मुद्राको विनिमयदर

प्रकाशित मिति

१६ चैत्र २०८०, शुक्रबार १०:५५

चैत्र १६, २०८० काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ ।

शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसामा झरेको छ । बिहीबार युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ । बिहीबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा कारोबार मूल्य तोकिएको थियो । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिकृया