• ७ असोज २०८३, बुधबार
  • ४ः४३ बेलुका

हैदराबादसँग मुम्बई इन्डियन्स पराजित, हैदराबादले गर्‍यो रनको वर्षा

प्रकाशित मिति

२०८० चैत्र १५ गते, बिहीबार ०८:३१

चैत्र १५, २०८० काठमाडौँ: आइपीएल (IPL)क्रिकेटमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

National Life

गएराति भएको खेलमा हैदराबादले मुम्बईविरुद्ध ३१ रनको जीत हात पारेको हो । हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन मात्र बनायो। घरेलु मैदानमा भएको खेलमा हैदराबादले आईपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल खडा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी २७७ रन बनाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

योसँगै रोयल च्यालेन्जर्स बैंगलोर(RCB)ले सन् २०१३ माबनाएको २६३ रनको योगफलको कीर्तिमान तोडिएको छ । जवाफमा मुम्बईले ५ विकेट गुमाएर २४६ रन बनाएको थियो ।

प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमने सामने हुनेछन्।

प्रतिकृया