• ६ असोज २०८३, मंगलबार
  • ३ः५८ दिउँसो

ब्राजिलका पूर्वफर्वाड रोविन्हो बलात्कार आरोपमा पक्राउ

प्रकाशित मिति

२०८० चैत्र ९ गते, शुक्रबार १२:४३

चैत्र ९, २०८० काठमाडौँ: ब्राजिलका पूर्वफुटबल फर्वाड रोविन्होलाई पक्राउ गरिएको छ। बलात्कार आरोपमा ९ वर्षको जेल सजाए सुनाइएको रोविन्होलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

National Life

सन् २०१३ मा मिलानको एक नाइट क्लबमा अल्बेनियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनलाई दुई वर्षअघि दोषी ठहर गरिएको थियो। ४० वर्षीय रोबिन्होलाई उनको गृहनगर सान्तोसस्थित फ्ल्याटबाट पक्राउ गरिएको हो।

इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि ब्राजिलमा उनको सजाय काट्नका लागि अदालतमा अनुरोध गरिएको थियो। तर बुधबार, ब्राजिलको एक अदालतले ९ वर्षको सजायलाइ कायम राख्दै घरमै नजरबन्दको सट्टा जेलमा पठाउने आदेश दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि बिहीबार सर्वोच्च अदालतका न्यायाधीश समक्ष हिरासत रोक्नका लागि गरेको अनुरोधलाई अस्वीकार गरेको थियो। ब्राजिलको अदालतको यो निर्णयलाई धेरैले स्वागत योग्य भनेका छन् ।

प्रतिकृया