• १४ जेष्ठ २०८१, सोमबार
  • 1:46 am

महराको बयान सकियो, कमजोर स्वास्थ्यका कारण आजै छाड्‌ने तयारी

प्रकाशित मिति

९ चैत्र २०८०, शुक्रबार १३:०२

चैत्र ९, २०८० काठमाडौँ: सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र सरकारी वकिलको कार्यालय दुवैले उनको बयान लिइसकेका हुन् ।

बयान सकिएसँगै उनलाई छाड्ने तयारी भइरहेको छ । स्रोतका अनुसार कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई छाड्ने तयारी भएको हो ।

५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । अदालतले दिएको उक्त म्याद आज सकिँदै छ ।

उनलाई थप हिरासतमा राख्नका लागि म्याद थप गर्नुपर्ने हुन्छ । तर, सीआईबीले कमजोर स्वास्थ्यका कारण उनलाई छाड्ने तयारी गरेको हो । तर, यसबारे निर्णय भने भइनसकेको बताइएको छ ।

प्रतिकृया