• 10:24 am

नेदरल्याण्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार ०१:२१

फागुन २२, २०८० काठमाडौँ: त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो ।

नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेख ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट हुँदा गुलसन झा ३४ रनमा पभेलिएन फर्किए । ११ बलमा ३ छक्काको मद्दतमा कुशल मल्लले २६ रन बनाए ।

करन के.सीले ९ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । आरिफ सेख शून्य रनमा आउट भए सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा नटआउट रहे ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको उपाधि आफ्नो पक्षमा पार्न चाहन्छ । त्रिदेशीय सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो । त्यसयता लगातार दुई खेलमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

प्रतिकृया