• 9:31 am

कर्णालीमा कांग्रेस प्यानलका मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार ०२:०४

फागुन २२, २०८० काठमाडौँ: कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका मन्त्रीहरूले मंगलबार सामूहिक राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन पनि कांग्रेसले फिर्ता लिएको छ ।

कर्णाली सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरू खड्गबहादुर पोखरेल, कृष्णकुमार बिसी र बेदराज सिंहले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामापत्र बुझाएका हुन् । पोखरेल सामाजिक विकास, बिसी उद्योग, पर्यटन, वन तथा वातावरण र सिंह आर्थिक मामिला तथा योजनामन्त्री थिए ।

“प्रदेश स्वायत्त छैनन् । कोसीको सरकार देखाएर केन्द्रको सरकार परिवर्तन भयो । यहाँ पनि हामीले समर्थन कायम राख्न जरुरी ठानेनौँ,” कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बाह्रखरीसित भने, “हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौँ र मन्त्रीहरूले पनि राजीनामा बुझाउनुभयो ।”

१० महिनाअघि उनीहरू नेकपा ९माओवादी केन्द्र०को नेतृत्वमा सरकारमा सहभागी भएका थिए । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेशमा त्यसको असर देखिएको हो । सोमबार केन्द्रमा नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रतिकृया