• 5:46 am

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई मोदीको बधाई

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार ०२:५०

फागुन २२, २०८० काठमाडौँ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।

मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)का सेना समर्थित ७२ वर्षीय सरिफले सबैभन्दा धेरै सिट जित्ने कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी(पिपिपी) र धेरै साना गुटहरूसँग गठबन्धन गरेर सरकार बनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भनेका छन्, “पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा शहबाजलाई बधाई ।”
भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् । सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडपहरू लडेका छन् ।

यद्यपि भारतमा सरिफलाई उनका पूर्ववर्ती खानको तुलनामा नयाँदिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ । वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्य रूपमा सरिफले सन् २०१३ मा भारतको भ्रमण गरेका थिए । त्यतिबेला उनी पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री थिए ।

प्रतिकृया