• 4:16 pm

सुदूरपश्चिममा माओवादीका तीन मन्त्री हटाइए

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार ०३:०२

फागुन २२, २०८० काठमाडौँ: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गर्नुभएको हो ।

संघमा माओवादीले नेकपा (एमाले) सहितका दलहरूसँग नयाँ गठबन्धन गरेकाले माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले दुवै मन्त्रालयको जिम्मेवारी आफैले लिनुभएको छ ।

प्रतिकृया