• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

साफ यू–१६ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

प्रकाशित मिति

२०८० फाल्गुन १९ गते, शनिबार ०६:३७

फागुन १९, २०८० काठमाडौँ: काठमाडौंमा जारी साफ यू–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको हो ।

National Life

बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरिन् । खेलको २५औँ मिनेटमा उनले बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् । पेनाल्टीमार्फत ३१औँ मिनेटमा उनले बंगलादेशका निम्ति दोस्रो गोल गरिन् ।

नेपालले दोस्रो खेल यही फागुन २१ गते भुटानसँग खेल्नेछ । लिग चरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका निम्ति प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया