• ८ असोज २०८३, बिहीबार
  • ८ः२९ राती

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो मृत्यु दाबी भुक्तानी

प्रकाशित मिति

२०८० फाल्गुन १४ गते, सोमबार ०५:२३

फागुन १४, २०८० काठमाडौँ : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट २०७७ मंसिर ३० मा आदित्य सत्यालको नामबाट सुनौलो भविष्य बाल जीवन बीमा योजना लिनुभएकी प्रस्तावक– आमा, श्रीमती राधिका सत्याल लुइतेलले थप बिमांक रु. ५ लाखको म्यादी जीवन बीमा योजनाका साथै घातक रोग विरुद्धको बीमा अतिरिक्त सुविधा लिनुभएको थियो । घाँटीको क्यान्सर पहिचान भए पश्चात कम्पनीबाट दाबी रकम रु ५ लाख भुक्तानी गरिएको थियो ।

National Life

उपचारको क्रममा रहनुभएकी उहाँको हाल मृत्यु भएको हुँदा म्यादी जीवन बीमा बापतको हुनआउने दाबी रकम रु ५ लाख कम्पनीका तर्फबाट क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले परिवारजनलाई चेक मार्फत हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा सातदोबाटो शाखा प्रमुख लोईस थापा, एजेन्सी म्यानेजर राजेश दाहाल र चन्द्र मणि शार्माको उपस्थिति रहेको थियो ।

उहाँका छोरा आदित्य सत्यालले सुनौलो भविष्य बाल जीवन बीमा योजना अन्तर्गत मासिक रु ५लाख को १ प्रतिशतले हुन आउने रकम मासिक आय सुविधा स्वरुप रु. ५००० आगामी ९ बर्ष सम्म प्राप्त गर्नु हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

मृतक प्रति भाबपूर्ण श्रदान्जलीका साथै समबेदना प्रकट गर्दै, स्व. राधिका सत्याल लुइतेलले गर्नुभएको उक्त बीमाले गर्दा उहाँ पश्चात पनि छोरा आदित्यको शैक्षिक यात्रामा कुनै कठिनाई नरहने कुरा क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले जानकारी गराउनु भयो ।

प्रतिकृया