• ८ असोज २०८३, बिहीबार
  • १०ः२७ राती

ज्योति विकास बैंकद्वारा सिराहास्थित श्री आधारभूत विद्यालयलाई डेस्क बेञ्चहरु प्रदान

प्रकाशित मिति

२०८० फाल्गुन १४ गते, सोमबार ०५:१९

फागुन १४, २०८० काठमाडौँ: ज्योति विकास बैंकले गोलबजार वडा नं. १० धर्मपुर, सिराहास्थित श्री आधारभूत विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो।

National Life

विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका गोलबजार शाखाका शाखा प्रबन्धक श्री भुवन धमलाद्वारा गोलबजार नगरपालिकाका मेयर श्री श्याम कुमार श्रेष्ठ, गोलबजार वडा नं. १० का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक श्री मधुराम महतोलाई उक्त डेस्क बेञ्चहरु हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बैंकका कर्मचारी, शिक्षा क्षेत्रका स्थानीय पदाधिकारी, पूर्व वडा अध्यक्षहरु लगायत विद्यालयका कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गोलबजार नगरपालिकाका मेयर श्री श्याम कुमार श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग अत्यन्त सराहनीय भएको र बैंकको सामाजिक उत्तरदायित्वको कार्य प्रति धन्यवाद ज्ञापन गर्नुभयो। साथै, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले डेस्क बेञ्चहरुको व्यवस्था भएसँगै कतिपय विद्यार्थीहरुलाई भुईँमा बसी अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएकोले सहयोगका लागि बैंकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिकृया