विश्वकप लिग-२: नामिबियासँग सिरिजमा दोस्रो पटक भिड्दै नेपाल
प्रकाशित मिति
२०८० फाल्गुन ९ गते, बुधबार ०८:४६
फागुन ९, २०८० काठमाडौँ: जारी विश्वकप लिग-२ को तेस्रो खेलमा नेपालले बुधबार नामिबियाको सामना गर्दैछ। त्रिवि मैदान, कीर्तिपुरमा हुने खेल आज बिहान ९:१५ मा सुरु हुनेछ ।
त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो।यद्यपि नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराएको नेपाल लिग अंक तालिकामा शीर्ष स्थानमा छ ।
आज नामिबियालाई पराजित गर्दै जारी लिग-२ मा आफ्नो पहिलो सिरिजमा दबाबपूर्ण सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ । त्रिवि मैदानमा पछिल्ला तीन खेलमा टस जितेर पछि ब्याटिङ गर्ने टिम विजयी भएकाले आजपनि टस जित्ने टिमले पहिले फिल्डिङ गर्ने सम्भावना बलियो छ ।
नेपाल र नामिबियाबीच भएका पाँच भिडन्तमा नामिबिया र नेपालले समान २-२ खेलमा जित निकाल्दा एक खेल नतिजाविहीन भएको छ ।
२०२२ को डिसेम्बरमा भएको खेल बिना नतिजा सकिएको थियो भने २०२२ को ७ डिसेम्बरमा भएको खेलमा नामिबिया ८६ रनले विजयी भएको थियो। त्यसपछि २०२३ को फेब्रअरी १४ मा २ विकेट र १८ फेब्रुअरीमा ३ विकेटले नेपाल विजयी भयो। पछिल्लो पटक गत १५ फेब्रुअरीमा यही सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल १०१ बल बाँकी हुँदै ४ विकेटले हारेको थियो ।






प्रतिकृया