दबाबमा नेपाल, ३५ रन बनाउँदै कप्तान देव पनि आउट
प्रकाशित मिति
२०८० माघ १७ गते, बुधबार ०४:२७
माघ १७, २०८० काठमाडौँ: नेपाली युवा टोलीका कप्तान देव खनाल ३५ रन बनाउँदै पेभेलियन फर्केका छन् । कप्तान देवले ६० बलमा ३ चौका मद्दतमा ३५ रन बनाउँदा इलबाल हुसैनको बलका क्याच आउट भए । चौथो विकेटका लागि कप्तान देव र विशाल विक्रम केसीले ६० रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे । बंगालदेशका बलरसामु नेपालका शीर्ष क्रमका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो ।
ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले २९ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ९६ रन बनाएर खेलिरहेको छ । ओपनर अर्जुन कुमाल १४ रन बनाउँदा क्याच आउट भए। नवौ ओभरको तेस्रो बलमा अर्जुन लामो सट खेल्ने धुनमा रहँदा रोहनत डौल्लाह बोसेनको बलमा मरुफ मृदाको हातबाट क्याच आउट हुन पुगे ।
त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई गुमाएको थियो। १३ बलमा ३ रन बनाएका आकाश इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए । त्यसअघि १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मारुफ मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए ।
अहिले क्रिजमा विशाल विक्रम केसी २३ रनमा नटआउट छन्। क्रिजमा गुल्सन झा आएका छन् ।






प्रतिकृया