• ९ असोज २०८३, शुक्रबार
  • ७ः२९ बिहान

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

प्रकाशित मिति

२०८० पुष १९ गते, बिहीबार ११:४९

पुस १९, २०८० काठमाडौँ: पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

National Life

पिएसजीको जितमा ली कांग इन र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । फ्रेन्च सुपर कप हरेक वर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेताबीच खेल्ने गरिन्छ । पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औँ पटक जितेको छ ।

२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो । टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया