• ०५:०७ २०८० फाल्गुन १२ गते
  • 5:07 am

प्राधिकरणको कारबाहीमा परे ३ बिमा कम्पनी

प्रकाशित मिति

२०८० पुष १८ गते, बुधबार ११:३४

bima

पुस १८, २०८० काठमाडौँ: आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोड इन्स्योरेन्स कारबाहीमा परेका छन् ।

स्थलगत निरीक्षणका क्रममा उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायत देखिएपछि पाल बीमा प्राधिकरणले तीनवटा कम्पनीलाई कारबाही गरेको हो ।

प्राधिकरणको अनुगमनमा ती कम्पनीलाइ प्राधिकरणले सचेत गराएर छोडेको थियो । दुई पटकसम्म सचेत गराउँदा पनि उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई दुःख दिन नछाडेपछि प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले तीन वटै कम्पनीलाई २(२ लाख रुपैयाँका दरले जरिवाना गराउने निर्णय गरेको हो ।

प्रतिकृया