सुन–चाँदीको मूल्यमा गिरावट, आजको भाउ कति ?
प्रकाशित मिति
२०८० पुष १८ गते, बुधबार ११:३९
पुस १८, २०८० काठमाडौँ: सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन १ लाख २१ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५.१८ डलरमा र चाँदी प्रतिऔंस २३.०७ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।
प्रतिकृया