• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

पाँचौं दिन ‘सलार’को आम्दानी ५० प्रतिशतले घट्यो

प्रकाशित मिति

२०८० पुष ११ गते, बुधबार ०५:०१

पुस ११, २०८० एजेन्सी : साउथ सुपरस्टार प्रभासको फिल्म ‘सलार’को कमाई पाँचौं दिनमा ५० प्रतिशतले घटेको छ । जहाँ सोमबार यो फिल्मले ४६ करोड कमाएको थियो । जहाँ मंगलबार मात्र २३ करोड ५० लाखको व्यापार गर्न सकेको छ ।

योसँगै फिल्मको कुल भारतीय बक्स अफिस कलेक्सन २७८ करोड ९० लाख पुगेको छ । अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’को छैटौं दिनको कमाईमा पनि गिरावट आएको छ । फिल्मले सोमबार २४ करोड ३२ लाखको व्यापार गरेको थियो । जहाँ मंगलबार मात्रै १० करोड २५ लाख कमाएको छ ।

Kamana Sewa

अहिले डंकीले भारतभर १४० करोड २० लाख कमाइसकेको छ । सलारको एक दिन अघि डिसेम्बर २१ मा ‘डंकी’ रिलिज भएको थियो ।

Classic Tech Desktop

दुबै फिल्मको ग्लोबल बक्स अफिस कलेक्शनको कुरा गर्दा सलारले ५ दिनमा करिब ५०० करोडको व्यापार गरेको छ । ‘डंकी’को विश्वव्यापी कलेक्सन करिब ३०० करोड रुपैयाँ पुगेको छ ।

प्रतिकृया