• ५ साउन २०८३, मंगलबार
  • ६:१० बेलुका

एनसेलबारे प्रधानमन्त्री : नेपालको कानुन विपरीत भए हदैसम्मको कारबाही हुन्छ

प्रकाशित मिति

२०८० पुष ३ गते, मंगलवार ०१:०९

पुस ३, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताउनुभएको छ । मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारमाथि उठेका प्रश्नहरूबारे जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गर्नुभएको छ । नेपालको कानुन विपरीत भए हदैसम्मको कारबाहि हुने बताउदै उहाँले भन्नुभयो, ‘म कोप सम्मेलनका लागि दुबईमा भएको बेला एनसेल शेयर न्यून मूल्याङ्कन गरी खरिद बिक्रीको कुरा सुने । भोलिपल्टै म नेपाल फर्किएर मुख्य सचिवलाई बोलाएर हाम्रो ऐन कानुन अनुसार, हाम्रो कर कानुन अनुसार ठिक छ कि छैन भन्ने बारेमा विज्ञप्ति जारी गराए । मैले सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई पनि निर्देशन दिएँ ।’

Kamana Sewa

‘यसबारे अध्ययनका लागि १ महिनाको समय दिएर टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको छ । समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेर काम थालेको छ । यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो । नेपालको कानुन विपरीत केहि भएको रहेछ भने हदैसम्मको कारबाही गर्नेछौ ।’

Classic Tech Desktop

एनसेलमा ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियटा कम्पनीले हालै गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो ।

कम्पनी खरिद बिक्रीको निर्णय सार्वजनिक भएपछि यो कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठेको छ । शेयर खरिद बिक्री प्रकरणमा उच्च राजनीतिक नेतृत्वको मिलेमतो हुनसक्ने आशंका गरिएको छ ।

प्रतिकृया