• 4:00 am

भारतमा शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ व्यक्तिको मृत्यु, ५० जनालाई बिक्री गरिसकेको खुलासा

प्रकाशित मिति

२०८० मंसिर १५ गते, शुक्रबार ११:२०

मंसिर १५, २०८० काठमाडौँ: भारतको गुजरात प्रहरीले बिहीबार पछिल्लो २ दिनमा संदिग्ध रूपमा मिसावटयुक्त आयुर्वेदिक सिरप सेवन गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

साथै उक्त सिरप पिएका दुई जनालाई अस्पताल लगिएको बीबीसी हिन्दीले जनाएको छ । खेडा जिल्लाका एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो घटना नाडियाद सहरको एउटा गाउँसँग सम्बन्धित रहेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिकृया