• 11:31 pm

सिटिजन्स सुपर ३० को सूचीकृत धितोपत्रमा लगानी रू. २७ करोड २३ लाख

प्रकाशित मिति

२०८० मंसिर १४ गते, बिहीबार ०१:५५

मंसिर १४, २०८० काठमाडौँ: सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोजको तुलनामा कात्तिकमा सूचीकृत धितोपत्रमा लगानी केही घटाएको छ । फण्डले असोज मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २८ करोड ४० लाख लगानी गरेकोमा कात्तिक मसान्तमा रू. २७ करोड २३ लाख गरेकोे छ ।


त्यस्तै फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ०२ पैसा रहेकोमा कात्तिक मसान्तमा १० रुपैयाँ ०४ पैसा कायम भएको छ । कात्तिक मसान्तसम्ममा फण्ड रू. १ करोड ४० लाख नोक्सानीमा छ । असोज मसान्तमा पनि फण्ड रू. १ करोड ५४ लाख नोक्सानीमा थियो । यसरी हेर्दा असोजको तुलनामा कात्तिकमा फण्डको नाक्सानी केही घटेको छ ।

प्रतिकृया