• २९ भदौ २०८३, सोमबार
  • ४ः१२ बेलुका

हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ आजदेखि, ईभी किन्दा ५० हजारसम्मको गो ग्रीन बोनस

प्रकाशित मिति

२०८० मंसिर १४ गते, बिहीबार ०१:२७

मंसिर १४, २०८० काठमाडौँ: नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर ग्राहकमाझ ल्याएको छ। यो अफर बिहीबारबाट सुरु भएको कम्पनीले जनाएको छ।

National Life

कम्पनीका अनुसार यो अफरअन्तर्गत ग्राहकले आफ्नो कुनै पनि ब्रान्डको गाडीसँग हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडी एक्सचेन्ज गर्न सक्नेछन् । हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको बताएको छ। यो योजना नेपालभरि नै लागू हुने भन्दै कम्पनीले आफ्नो नजिकैको हुन्डाईको शोरुममा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो गाडीको बजारको प्रचलित मूल्याङ्कन भन्दा न्यूनतम ५० हजार रुपैयाँ थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ। विभिन्‍न मोडलहरुको खरिदमा नगद ६ लाखसम्मको आकर्षक छुट रहेको पनि कम्पनीले जानकारी दिएकोछ ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, हुन्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराइ हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्‍वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ ।

प्रतिकृया