नापोलीविरुद्ध रियालको जित
प्रकाशित मिति
२०८० मंसिर १४ गते, बिहीबार १०:४१
मंसिर १४, २०८० काठमाडौँ: यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियाल मड्रिडले इटालियन क्लब नापोलीविरुद्ध ४–२ को जित निकालेको छ । बुधबार सान्टियागो बर्नबेउमा भएको खेलमा घरेलु टिमको जितमा रोड्रिगो, जुड बेलिंघम, निको पाज र जोसेलुले गोल गरे । पाहुना टिमका जियोभानी सिमोन र एन्ड्री फ्रांक जाम्बोले गोल गरेका थिए ।
जितसँगै समूह ‘सी’को शीर्ष स्थानमा रहेको रियालले पाँच खेलबाट १५ अंक जोडेको छ । च्याम्पियन्स लिगको जारी सिजन रियालले शतप्रतिशत नतिजा निकालेको छ । समान खेलबाट सात अंक जोडेको नापोली तालिकाको दोस्रो स्थानमा छ ।
बुधबार नै भएको समूह ‘सी’को अर्को खेलमा ब्रागा र युनियन बर्लिनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो समूहबाट रियाल मड्रिडले अन्तिम–१६ मा स्थान बनाइसक्दा अब नापोली र ब्रागाबीचको खेलबाट नकआउट पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ ।
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया