• 9:39 pm

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

प्रकाशित मिति

२०८० मंसिर ११ गते, सोमबार ११:२५

मंसिर ११, २०८० काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै,आज तेजावी सुनको मूल्य तोलाको १ लाख १६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो। यसअघि कात्तिक ११ गते छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिकृया