• २ असोज २०८३, शुक्रबार
  • ८ः१० बिहान

अरिजितको लाइभ कन्सर्टमा झुमे नेपाली फ्यान

प्रकाशित मिति

२०८० मंसिर १० गते, आईतवार १२:२१

मंसिर १०, २०८० काठमाडौँ: शनिवार साँझ चाबहिलस्थित हायात होटलको ग्राउन्डमा करिब २० हजार दर्शक झुमेका थिए । कारण थियो बलिउड गायक अरिजित सिंह । शनिवार यूवापुस्ताको धड्कन चर्चित बलिउड गायक अरिजित सिंहको लाईभ कन्सर्ट गरेका थिए । हायात ग्राउन्डमा आयोजित ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कार्यक्रममा अरिजितले आफ्ना चर्चित गीतहरू सुनाएका थिए । उनका संगितमा हजारौँ नेपाली फ्यानहरु रमाएका थिए ।

National Life

साँझ ५ बजे स्टेजमा आएका अरिजितले करिब ४ घन्टा दर्शकलाई मनोरञ्जन गराएका थिए । कार्यक्रमको दौरान उनले नेपाली फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा काँधमा राखेर केही प्रस्तुति दिएका थिए । उनले मनोरञ्जनको साथ फ्यानहरुलाई अटोग्राफ पनि दिएका थिए ।


दर्शकको आग्रह अनुसार नै उनले कार्यक्रमको सुरुवातमा ‘आशिकी’ फिल्मको ‘तुम हि हो’ गीत गाएका थिए । त्यसपछि ‘केसरिया तेरा मेरा’, ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुठा थो ता’, ‘केहेत हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘चलेया’ लगायतका गितहरु गाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोजकले कन्सर्टको लागि ६ हजार ५ सयदेखि १९ हजारसम्मका टिकटको ब्यवस्था गरेको थियो । करिब २० हजार दर्शकले अरिजितको यो कन्सर्ट प्रत्यक्ष हेरेका थिए । होटेलको खुल्ला चौरमा कार्यक्रम भएकोले वरपरका घरको छतमा समेत दर्शकको भिड देखिन्थ्यो । वरीपरीका सडकमा पनि दर्शकहरुको बाक्लो उपस्थिती थियो ।


कार्यक्रममा उनले नेपाली गीत समेत गाएका थिए । अरिजितले ‘आउ न आउ यो मनलाई’ गित गाउदा दर्शकहरु उनका अवाजमा झुमेका थिए । उनले कार्यक्रमको बिट ‘अच्छा चलता हुँ दुवाओमे याद रखना’ बाट गराएका थिए ।


कार्यक्रमको आयोजना गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्शनले गरेको हो । नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वासकासाथ कार्यक्रम आयोजनागरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया