• 10:56 am

विश्वकपमा खराब प्रदर्शनपछि श्रीलंका सरकारद्वारा क्रिकेट बोर्ड बर्खास्त

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ०२:५९

कात्तिक २०, २०८० काठमाडौँ: भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै श्रीलंकन सरकारले श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गरेको छ ।


विश्वकपमा बिहीबार भारतसँग ३०२ रनले पराजित भएपछि श्रीलंकाको खेलकुद मन्त्रालयले क्रिकेट बोर्डको कार्यसमितिलाई बर्खास्त गरेको हो । त्यसको ठाउँमा नयाँ अन्तरिम समिति गठन गरेको छ । जारी विश्वकपमा श्रीलंकाले सात खेल खेल्दा दुई खेलमा मात्र जित निकालेको छ । लगातार खराब प्रदर्शनपछि श्रीलंकाका खेलकुदमन्त्री रोशन रानासिंघेले क्रिकेट बोर्डलाई ‘देशद्रोही र भ्रष्ट’को संज्ञा दिएका छन् ।


खराब प्रदर्शनका कारण शनिबार क्रिकेट बोर्डको मुख्यालयअघि समर्थकले प्रदर्शन गरेपछि बोर्डका सचिव मोहन डी सिल्भाले राजीनामा दिएका थिए ।


त्यसपछि सोमबार खेलकुद मन्त्रालयले बाँकी सबै सदस्यहरूलाई बर्खास्त गर्दै विश्वकप विजेता पूर्वकप्तान अर्जुना रानाटुंगाको नेतृत्वमा नयाँ अन्तरिम समिति गठन गरेको हो । अन्तरिम कमिटीमा रानाटुंगासँगै श्रीलंका सर्वोच्च अदालतका दुई पूर्वन्यायाधिससहित सात सदस्य छन् ।

प्रतिकृया