• ९ असोज २०८३, शुक्रबार
  • ५ः३८ बेलुका

टि-२० विश्वकप : नेपाल उपाधिका लागि आज ओमानसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार ०८:२९

कात्तिक १९, २०८० काठमाडौँ: टि-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपालले ओमानसँग खेल्दैछ। आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपालले आइतबार आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछ। खेल टियू मैदान कीर्तिपुरमा आज बिहान ११ बजे सुरु हुने छ।

National Life

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। यसअघि घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनले पराजित हुँदा समूह विजेता बन्ने अवसर गुमाएको थियो।


नेपाल समूह चरणको हारको बदला लिने उद्देश्यका साथ मैदानमा उत्रिने छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली टोलीमा विश्वकपका लागि निर्णायक मानिएको खेलमा टिममा फर्किएका दिपेन्द्र सम्भवत फाइनलमा उपलब्ध हुने छैनन्।


नेपाल र ओमानबीच टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्म कुल पाँच खेल भएका छन्। नेपाल तीन र ओमान दुई खेलमा जित निकाल्दा पछिल्लो पटक टियू मैदानमा नै नेपाल ओमानसँग हारेको थियो।

प्रतिकृया