• 4:15 am

‘क्रिप्टो किङ’ साम बैंकम्यान–फ्राइड दोषी ठहर, ११५ वर्ष जेल सजाय हुनसक्ने

प्रकाशित मिति

२०८० कार्तिक १७ गते, शुक्रबार ०३:०२

कात्तिक १७, २०८० काठमाडौँ: कुनै बेला विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइड दोषी ठहर भएका छन् । साम बैंकम्यान–फ्राइडलाई न्युर्योकको म्यानहट्टन संघीय अदालतले बिहीबार ग्राहकलाई ठगी गरेका सम्बन्धी सात आरोपमा दोषी ठहर गरेको हो ।


कुनै बेला क्रिप्टो क्षेत्रका ‘राजा’ अथवा ‘क्रिप्टो किङ’समेत भनिएका ३१ वर्षीय पूर्वअर्बपति साम बैंकम्यान–फ्राइडलाई ११५ वर्षसम्म जेल सजाय हुनसक्ने बीबीसीले जनाएको छ । लगानीकर्ताको अरबौं रकम डुबाएपछि गतवर्ष आफ्नो कम्पनी कार्यालय एफटीएक्सबाटै उनी पक्राउ परेका थिए । सन् २०२५ को मार्च २८ देखि उनको सजायको फैसला सुरु हुनेछ ।


गतवर्ष उनको कम्पनी एफटीएक्सले अव्यवस्थित लगानीका कारण आफ्नो सम्पत्ति र ग्राहकको लगानी गरी ८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम गुमाएको थियो । यो घटनाले क्रिप्टो उद्योगमा ठूलो झट्का लागेको थियो ।


क्रिप्टो एक्सचेन्ज कम्पनी एफटीएक्ससँग आबद्ध अलमिडा रिसर्चले ग्राहकले जम्मा गरेको रकम गैरकानुनी रूपमा लगानी वा प्रयोग गर्दै आइरहेको खुलासा भएको थियो । त्यसपछि ग्राहकले आफ्नो पैसा तत्काल फिर्ता माग्न थालेसँगै एफटीएक्स टाट पल्टिएको थियो ।

प्रतिकृया