• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

टि२० विश्वकपमा पुग्न नेपाल युएईसँग भिड्दै

प्रकाशित मिति

२०८० कार्तिक १७ गते, शुक्रबार १०:३५

कात्तिक १७, २०८० काठमाडौँ: आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोलीले २०२४ को टि२० विश्वकपमा स्थान बनाउनेछ ।


नेपालको लक्ष्य युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने रहेको छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् । यसअघि नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप खेल्नबाट बन्चित भएको थियो । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।

Kamana Sewa

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग भने पाँच रनले पराजित भएको थियो । यता, युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

Classic Tech Desktop

नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन् । दुबै टोलीले चार–चार खेल जितेका छन् । यस्तै, आजको अर्को सेमिफाइनल खेल टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच हुनेछ ।


ओमान समूह ए को विजेता र बहराइन समूह बी को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन् । फाइनल खेल आइतबार बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रतिकृया